काठमाडौं । टाटा मोटर्सले नयाँ इलेक्ट्रीक एसयूभी सियरा बजारमा ल्याउने भएको छ । कम्पनीले सिंगल चार्जमा ६०० किलोमिटर रेन्ज दिने कम्प्याक्ट एसयूभी बजारमा ल्याउने भएको हो ।
रेगुलर एसयूभीको तुलनामा पृथक डिजाइनमा आउन लागेको टाटा सियरा सन् २०२६ को पहिलो क्वाटरमा बजारमा आउने छ । जनवरी २०२५ मा भएको भारत मोविलिटी एक्स्पोमा लगभग तयार रूपमा देखाइएको सियरा इलेक्ट्रीकसँगै पेट्रोल र डिजेल इन्जिनमा पनि उपलब्ध हुनेछ ।
टाटाले सियरा ईभीमा ६५ र ७५ किलोवाट आवरको ब्याट्री दिनेछ । ठूलो ब्याट्रीले सिंगल चार्जमा ६०० किलोमिटर दिने चर्चा भइरहेको छ । सियरालाई रियर ह्वील ड्राइभ मोटरमा ल्याउने छ ।
कम्पनीले सियराको इलेक्ट्रीक भर्सन नै सबैभन्दा पहिला बजारमा ल्याउने छ । ईभी मोडल आएको कम्तीमा तीन महिनापछि मात्रै पेट्रोल र डिजेल भर्सन लन्च हुने कम्पनीले जनाएको छ । यसको पेट्रोल भर्सनमा १.५ लिटर टर्बो इन्जिन र २.० लिटर डिजेल इन्जिन उपलब्ध हुनेछ ।
इलेक्ट्रीक भर्सनमा रहने मोटर पावरको विषयमा भने कुनै जानकारी बाहिर आएको छैन ।



