काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार बढेसँगै नेपालमा नयाँ नयाँ ब्रान्ड भित्रदै आएका छन् । हाल नेपालमा २ दर्जनभन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटरहरु विक्री भइरहेका छन् ।
यस्तो धेरै ब्रान्डको उपस्थिति भएता पनि नेपाली ग्राहकले रेन्ज र मूल्यका आधारमा इलेक्ट्रीक सवारीसाधन खरिद गर्ने गरेको पाइन्छ । बजारमा प्रशस्त छनोट उपलब्ध रहेको कारण कुन स्कुटर ठिक होला भन्ने अन्योलसमेत उपभोक्तामा पर्न थालेको देखिन्छ ।
यस्तोमा मूल्य केही फरक भएपनि हामीले फिचर र रेन्जमा समानता भएका इलेक्ट्रीक स्कुटर सेगवे इ १२५ र सुपर शोको सीपीएक्स स्कुटरको तुलनात्मक भिन्नता यहाँ प्रस्तुत गरेका छौं ।
मोटर र पावर
ई-१२५ मा २.४ किलोवाटको मोटर रहेको छ । यो मोटरले २०० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा ७४ भोल्ट २७ एम्पियरको रिमुभएवल लिथिएम आयोन ब्याट्री दिइएको छ ।

सुपर शोको सीपीएक्समा ४ किलोवाट क्षमतको मोटर जडान गरिएको छ । यो मोटरले १७१ एनएम बराबरको टर्क जेनेरेट गर्छ । यसमा ६० भोल्ट ४५ एम्पीयरको लिथिएम आयोन ब्याट्री उपलब्ध छ ।
रेन्ज र चार्जिङ समय
सेगवे इ १२५ मा रहेको ७४ भोल्ट २७ एम्पियरको लिथिएम आयोन ब्याट्रीलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म चलाउन सकिन्छ । यसलाई एक पटक फुलचार्ज गर्न ५ देखि ६ घन्टा समय लाग्छ ।
त्यस्तै सुपर शोको सीपीएक्समा रहेको ६० भोल्ट ४५ एम्पीयरको लिथिएम आयोन ब्याट्रीलाई एक पटक फुलचार्ज गर्न ६ घन्टा समय लाग्छ भने एक पटक फुलचार्ज गरेर यसलाई पनि १०० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
फिचर
ई-१२५ मा सबै लाइटहरू एलईडी दिइएको छ भने यसमा डिजिटल डिस्प्ले, क्रुज कन्ट्रोल, राइड मोड, हाजार्ड लाइट, २२ लिटर स्टोरेज क्षमता,यूएसबी चार्जर, रिमोट कि कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यो स्कुटरको तौल जम्मा ८० किलोग्राम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १३० एमएम रहेको छ ।

त्यस्तै सुपर शोको सीपीएक्समा एलइडी लाइटस्, यूएबी चार्जिङ पोर्ट, रिमोट कि, एन्टि थेप्ट अर्लाम, डबल डिस्क ब्रेक, राइडिङ मोड, रिर्भस गियर जस्ता फिचर उपलब्ध छन् । यसको ग्राउन्ड क्लियरेन्स १५४ एमएम रहेको छ ।
यो स्कुटरको रियरमा कार्वन स्टील क्यारियर दिइएको छ । यसले डेलिभरी गर्ने प्रयोजनमा सजिलो हुन्छ ।
मूल्य
आइ हब प्रालिले सेगवे नाइनवट ई–१२५ को मूल्य ३ लाख ९१ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।
डि लाइफ स्टाइलले सीपीएक्सको सिंगल ब्याट्री अप्सनको मूल्य ४ लाख ५९ हजार ९०० रपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । यी दुबै स्कुटर तुलनात्मक रुपमा महंगा मानिन्छ ।


