यामाहाको शोरुम भिजिट गर्नेलाई थाइल्याण्डमा हुने ‘मोटो जिपी’ हेर्न अवसर

काठमाडौं । यामाहा मोटरसाइकलको शोरुम भिजिट गरेर मोटो जीपी हेर्न पाइने स्कीम सार्वजनिक भएको छ । नेपालका लागि यामाहा को आधिकारिक वितरक यामाहा नेपालले ‘चाङ अन्तराष्ट्रिय सर्किट, थाइल्याण्ड’मा हुन गइरहेको मोटो जिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको हो।

असार ०९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टू मोटो जिपी’ नामक स्कीम अन्तर्गत यामाहाको आधिकारिक शोरूम भिजिट गरेर फारम भर्नेहरू मध्येबाट लक्की ड्रमार्फत १ जना र बाइक र स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना भाग्यशाली विजेताहरूको छनोट गरी थाइल्याण्ड लैजाने भएको हो ।

यो स्कीममा यामाहाका कुैनपनि मोटरसाइकल तथा स्कुटर खरिद गरेर सहभागी हुन सकिनेछन् । यामाहाको नेपालभर रहेको आधिकारिक शोरुम भिजिट गरेर आफ्नो दर्ता गर्न सकिनेछ ।

‘रोड टू मोटोजिपी’ यामाहा नेपालले बाइकप्रेमीहरूलाई मोटोजिपी प्रत्यक्ष हेर्दाको अनुभब प्रदान गर्ने उद्देश्यका साथ मोटोजिपीसँग समन्वय गरी ल्याएइएको स्कीम रहेको कम्पनीले जनाएको छ । ती चारजना भाग्यशाली विजेताहरूका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि कम्पनीले नै बेहोर्ने कम्पनीले उल्लेख गरेको छ ।

असार ९ गतेदखि सुरु भएको यो स्कीम साउन मसान्तसम्म संचाल हुने कम्पीले जनाएको छ ।

यस वर्षको मोटो जिपी थाइल्याण्डको चाङ अन्तर्राष्ट्रिय सर्किटमा भाद्र १४ गतेदेखि १७ गतेसम्म संचालन हुनेछ ।


Back_to_top