घट्यो सेरेस थ्रीको मूल्य, अब साढे ४५ लाखमै किन्न पाइने

काठमाडौं । एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस-थ्रीको मूल्य घटाएको छ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध दुवै भेरियन्टको मूल्य ४ लाखभन्दा धेरैले घटाएको हाे ।

कम्पनीका अनुसार अब कम्फर्ट भेरियन्ट ४५ लाख ४९ हजार रुपैयाँमै किन्न पाइने भएको छ । यसअघि यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीले प्रिमियम भेरियन्टको मूल्य ४ लाख १२ हजार रुपैयाँ घटाएको छ । यसअघि ५२ लाख ९९ हजार रुपैयाँ रहेको सेरेसको प्रिमियम भेरियन्ट अब ४८ लाख ८७ हजार रुपैयाँमै किन्न पाइने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा आएको छोटो समयमा नै सफलता पाएको सेरेस-थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५२.७ किलोवाट आवर क्षमताको पाउन सकिन्छ ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस-थ्रीले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै प्रर्याप्त हेडरूम र लेगरूम दिएको छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।

यसमा १०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।


Back_to_top