यहि महिना सार्वजनिक हुँदै २३६ किलोमिटर रेन्ज दिने स्कुटर

काठमाडौं । भारतीय इलेक्ट्रीक स्टार्टअप कम्पनी सिंपल इनर्जीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्बजनिक गर्ने भएको छ । मे महिना नै कम्पनीले २३६ किलोमिटर रेन्ज दिने स्कुटर सार्वजनिक गर्ने भएको हो ।

सिंपल इनर्जीले मे महिनाको तेस्रो हफ्तामा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर (सिंपल वान) सार्बजनिक गर्ने बताएको हो ।

कम्पनीले गएको वर्षनै भारतीय बजारमा सिंपल वान स्कुटर प्रदर्शन गरि प्री बुकिंग खुला गरेको थियो । त्यससंगै अब भने कम्पनीले विक्रि सुरु गर्ने भएको छ ।

यस्तो छ सिंपल वान इलेक्ट्रीक स्कुटर

सिंपल इनर्जीले सार्वजनिक गरेका सिंपल वान हाइ रेन्जका इलेक्ट्रीक रहेको छ । यो स्कुटर आइडीसी मोडमा राखेर चलाउदा २३६ किलोमिटर रेन्ज दिने कम्पनीको दावी रहेको छ । यसले इको मोडमा भने २०३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

सिंपल वानको १०५ किलोमिटर टप स्पीड रहेको छ । कम्पनीका अनुसार सिंपल वान ३.६ सेकेन्डमा ०-५० किलोमिटर प्रतिघन्टको स्पीडमा कुद्न सक्छ ।

कम्पनीले यो स्कुटरमा दुईवटा स्वाइपेबल ब्याट्री दिएको छ जुन ४.८ किलोवाट र १.६ किलोवाटको लिथिएम आयन व्याट्री प्याक रहेको छ । यसलाइ सजिलै निकालेर चार्ज गर्न सकिने छ ।

यसको दुबै टायरमा कम्बि ब्रेकिङ सिस्टम दिएसंगै फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मोनोसक सस्पेन्सन पाउन सकिन्छ ।

त्यस्तै यो स्कुटरमा ७ इन्चको टच डिस्प्ले, नेभिगेशन, ब्लुटुथ वाईफाई कनेक्ट, कल एसएमएस अलर्ट, म्युजिक कन्ट्रोल, डार्कमोड डिस्प्ले, रिमोर्ट एक्सेस, फर्वाड रुट, रिमोट स्टार्ट, पुस बटन स्टार्ट जस्ता फिचर समावेस छन् ।

यो स्कुटरमा अन्डरसिट ३० लिटरको स्पेस क्षमता रहेको छ ।


Back_to_top