काठमाडौं । दुई पाङग्रे इलेक्ट्रीक निर्माता सिम्पल इनर्जीले भारतमा नयाँ स्कुटर सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा ४०० किलोमिटरसम्मको रेन्ज दिने नयाँ अल्ट्रा ई-स्कुटर लन्च गरेको हो । कम्पनीले अल्ट्रा ई-स्कुटरको मूल्य २ लाख ३४ हजार ९९९ भारु (एक्स शोरुम) तोकेको छ ।
यो भारतमा उत्पादन भएको इलेक्ट्रीक स्कुटर मध्ये सबैभन्दा रेन्ज दिने स्कुटर समेत हो । यसले एकपटकको फुचार्जमा ४०० किमी आईडीसी रेन्ज प्रदान गर्ने कम्पनीले आधिकारिक रुपमै दाबी गरेको छ ।
अल्ट्रा ई-स्कुटरमा कुल ६.५ किलोवाट आवरको दुई ब्याट्रीप्याक सिस्टम छ । यसमा ५ किलोवाट आवर र १.५ किलोवाट आवरको संयुक्त ब्याट्री प्याक छ । ब्याट्रीलाई फुलचार्ज गर्न करिब २ घण्टा १५ मिनेटको समय लाग्छ ।
स्कुटरमा ८.८ किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले ७२ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ११५ किलोमिटर प्रतिघण्टा पाउन सकिन्छ ।
त्यस्तै, यसमा कनेक्टिभिटी सिस्टम सहितको ७ इन्चको टीएफटी डिस्प्ले, नेभिगेसन, कल म्युजिक कन्ट्रोल, एसएमएस अलर्ट, ओटीए अपडेट, चार लेभल ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, रिभर्स मोड, हिल होल्ड, गाइड मी होम लाइट, लड्दा पावर कट हुने ड्रप सेफ सिस्टम, चोरी र टो अलर्ट, ६ ओटा राइडिङ मोडहरू लगायतका निकै फिचरहरू छन् ।
साथै, स्टिल ट्युबलर चेसिस फ्रेम, डिस्क ब्रेक, सीबीएस ब्रेकिङ सिस्टम, एबीएस, एलईडी लाइट, अलोय ह्वील, टेलिस्कोपिक फ्रन्ट फर्क र रियर मोनोसक सस्पेन्सन सेटअप रहेको छ ।


