काठमाडौं । स्कोडा इन्डियाले भारतमा बनाउन लागेको आफ्नो इन्ट्री लेभल एसयूभी अहिले खुब चर्चामा छ । कम्पनीले ल्याउन लागेको सब फोर मिटर एसयूभी कम्पनीको सबैभन्दा सस्तो एसयूभी हुनेछ ।
सन् २०२५ को मार्चसम्ममा बजारमा आउने अनुमान गरिएको सानो एसयूभी ‘एमक्यूवी एओ आईएन प्लेटफर्म’मा आधारित रहने छ । कम्पनीले नयाँ एसयूभीको नाम क्वेक, काईम्याक, काईलाक, कारिक वा काइरक मध्ये एक हुने जनाएको छ ।
इन्डिया २.० प्रोजेक्ट अन्तर्गत यसअघि नै स्कोडाको कुशक र स्लाभिया मोडलहरु बजारमा आइसकेका छन् । स्कोडाले नयाँ एसयूभी भारतमा निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने जनाएको छ ।
स्कोडाले नयाँ एसयूभीको टिजरहरु समेत जारी गर्न थालिसकेको छ । अहिलेसम्म सार्वजनिक तस्विरहरु अनुसार नयाँ एसयूभीमा अपराईट फ्रन्ट फेसिया सहित प्रोमिनेन्ट स्कोडाको व्याजिङ देखिएको छ ।
यसमा मस्कुलर बनेट, स्लीक सिल्भर रुफरेल, स्पीट हेडल्याम्प क्लस्टर, मस्कुलर ह्वील आर्क तथा सार्प विङ्स मिरर रहेको देखिन्छ ।
स्कोडाको नयाँ एसयूभीमा १.० लिटरको तीन सिलिण्डर, टीएसआई टर्बो पेट्रोल इन्जिनमा आउने सम्भावना रहेको छ । यद्यपि, कम्पनीले कुनै आधिकारीक धारणा बाहिर ल्याएको छैन ।
स्कोडको लाइनअपमा सबैभन्दा सस्तो एसयूभीको रुपमा आउने यसले बजारमा उपलब्ध टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट तथा रेनोको काइगर जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।


