काठमाडौं । स्कोडाले भारतीय बजारको लागि सब कम्प्याक एसयूभी ल्याउने भएको छ । आगामी वर्षको जनवरीमा लन्च हुने अनुमान गरिएको एसयूभी ‘एमक्यू बी आईएन प्लेटफर्म’मा बन्नेछ । यहि प्लेटफर्ममा स्कोडा कुशक, स्लाभिया, फक्सवागेन भर्टुस् र टाइगुन समेत बनेका हुन् ।
स्कोडाको कम्प्याक्ट एसयूभीको डिजाइन एलिमेन्ट कम्पनीको नयाँ एपिक कन्सेप्टमा आधारित रहनेछ । यो एसयूभीको इन्टेरियर फिचर कुशक र स्लाभियासँग मिल्दोजुल्दो छ । यसमा स्टेरिङ ह्वील, गियर नव, इन्ट्रुमेन्ट क्लस्टर र एचभीएसी कन्ट्रोल सुइचहरु अघिल्ला मोडलबाट लिएको देखिन्छ ।
यो एसयूभीको ३९९५ एमएम लम्बाई, १७९० एमएम चौडाई, १६८५ एमएम उचाई र २५०० एमएम लामो ह्वीलवेस छ । स्कोडाले यो एसयूभीको इन्टेरियर पाटर्सहरु रिसाइकल मेटेरियलबाट बनाउने बताएको छ । यसमा अलोय ह्वील, एलइडी लाइट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टीपल टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, कुल्ड सिट जस्ता फिचर रहनेछन् ।
स्कोडाले आफ्नो नयाँ सबकम्प्याक्ट एसयूभीमा १.० लिटरको टीएसआई पेट्रोल इन्जिन दिनेछ । यसमा म्यानुअल तथा टर्क कन्भर्टर अटोमेटीक गियरबक्स दिनेछ । स्कोडाको नयाँ एसयूभी टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा थ्रीएक्सओ, मारुती सुजुकी ब्रेजा, रेनो काइगर र निसान म्याग्नाइट जस्ता मोडलहरुसँग प्रतिस्पर्धा गर्नेछ ।


