काठमाडौं । जी मोटर्सले नेपाल ल्याएको स्काइवेल बीई-११ अघिल्लो वर्ष भदौमा बजारमा आएको मोडल हो । नेपाली बजारमा सबैधन्दा पहिला ६०० किलोमिटरभन्दा बढी रेन्ज दिने भनिएको एसयूभी ईटी-५ भन्दा सानो ब्याट्रीमा उपलब्ध बीई-११ हामीले चलाएर हेरेका छौं ।
बढ्दो चिनियाँ गाडीको प्रभाव र मूल्यमा चर्को प्रतिस्पर्धा चलिरहेको समयमा स्काइवेल बीई-११ ले ठिकठाक ग्राहक पाइरहेको छ । निकै ठूलो साइज, फराकिलो क्याबिन र १५० किलोवाटको इलेक्ट्रीक मोटर भएको बीई-११ लाई हामीले काठमाडौंबाट दोलखाको खरिढुङ्गासम्म चलाएर हेरेका थियौं ।
अहिले चिनियाँ कार बीच चलिरहेको प्राइस वार र लग्जरी फिचरको लामो लिस्टले धेरै उपभोक्ताको दिमाग खल्बलाएको छ । हामीले पनि एकपछि अर्को नयाँ कार चलाएर अनुभव सेयर गर्न पाएका छौं ।
झण्डै १०० किलोमिटरभन्दा लामो ड्राइभपछि यसको ड्राइभिङ अनुभव र गाडीमा रहेका फिचरको विषय समेटेर तयार परिएको भिडियो रिभ्यू तल प्रस्तुत गरिएको छ ।

