काठमाडौं । भोलिदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा स्काइवेलका गाडी बुकिङ गर्दा परिवारै युरोप घुम्न पाइने भएको छ ।
स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ल्याएको ‘युरोप टुर फर फ्यामिली’ अफरमा यस्तो अवसर पाइने भएको हो ।
जी मोटर्सका कार्यकारी निर्देशक पारशमणी गेलालका अनुसार नाडा अटो शो अवधि स्काइवेलको स्टल एच १२ मा भिजिट गरी स्काइवेलका गाडीहरु बुकिङ गर्दा सपरिवारले युरोपको टुर प्याकेज पाउने छन् । साथै, ग्राहकले युरोपमा स्काइवेल टेस्ट ड्राइभ गर्ने अवसर समेत पाउने उनले बताए ।
साथै, गाडी बुकिङ गर्ने हरेक ग्राहकलाई ‘डाइमन्ड न्याकलेस’ प्रदान गरिने छ भने भाग्यशाली ग्राहकले रोलेक्स घडी पाउने कम्पनीले जनाएको छ । ग्राहकले थप आकर्षक बोनस समेत पाउने छन् ।
कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले ग्राहकलाई ८० प्रतिशतसम्म फाइनान्स सुविधाको व्यवस्था गरिएको बताए । साथै, १ वर्षको कर कम्पनीले नै तिरिदिने उनले बताए ।

