काठमाडौं । नेपालमै पहिलो पटका ल्याइएको उड्ने ट्याक्सी प्रधानमन्त्री केपीशर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।
भोलि (भदौ ३ गते) देखि सुरु हुने नाडा अटो शो २०२५ मा प्रधानमन्त्रीले दीपलको उड्ने ट्याक्सी सार्वजनिक गर्ने भएका हुन् ।
उक्त ट्याक्सी नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लूले नेपाल ल्याएको हो । उक्त ट्याक्सी तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको हो ।
कोदारी साजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको इकुमा पहिरो गएकाले करिब १५० मिटर भरियालाई बोकाएर ल्याइएको थियो ।
नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) ट्याक्सीलाई नाडा अटो शोमा राख्न लागिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, एमएडब्लू वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरू पनि प्रदर्शनीमा राख्नेछ । जसले आगन्तुहरूसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरूको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो शोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउने विश्वास गरिएको छ ।
त्यस्तै, एमएडब्लूले नाडा अटो शोमा दीपल तथा अवतारका फ्युचरिस्टिक कारहरू दीपल एस ०५, एस ०७ आईसीए, ई ०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राख्ने छ ।

