काठमाडौं । साना कार (मिनी कार) को आयात अप्रिल २०२३ देखि फेब्रुअरी २०२४ सम्ममा २२६ यूनिट मिनी कार आयात भएको छ । सहर केन्द्रित साना कारहरुको आयातलाई राम्रो मान्न सकिन्छ ।
यस अवधिमा सबैभन्दा धेरै मिनी कार एमजीले ल्याएको छ । कम्पनीले कोमेट ईभी आयात १३५ यूनिट आयात गरेको छ । अहिलेसम्म नेपाल आएका कोमेट मिनी कार सबै बिक्री भएको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ ।
‘नेपाल ल्याएका सबै गाडी बिक्री भयो । थप ५० यूनिट ईभी यहि मार्चमा नेपाल आउने छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
सेरेसको ई-१ मोडलको आयात पनि राम्रै संख्यामा देखिन्छ । कम्पनीले अहिलेसम्म ५१ यूनिट माइक्रो कार नेपाल ल्याएको हो । कम्पनीले ल्याएको लगभग सबै यूनिट बिक्री भएको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ ।

त्यसैगरी, मिनी कार बिक्री गर्दै आएको विलिङले पनि झण्डै ११ महिनाको अवधिमा २८ यूनिट कार नेपाल ल्याएको छ । त्यस्तै यो वर्ष हेनरीले १२ यूनिट कार नेपाल ल्याएको देखिन्छ ।
मूल्य मंहगो
कम्पनीहरुले १३ लाखदेखि २६ लाख रुपैयाँसम्म मूल्य राखेर मिनी कार बिक्री गर्दै आएका छन् । मूल्यका हिसावले ई-१ को १४ लाखदेखि १८ लाख रुपैयाँसम्ममा किन्न सकिन्छ ।

त्यस्तै एमजीले कोमेट ईभी १८ लाखदेखि २१ लाखसम्म मूल्य तोकेर बिक्री गर्दै आएको छ । हेनरीको मूल्य २३ लाख छ भने विलिङको मूल्य २१ लाखदेखि २६ लाखसम्म तोकिएको छ ।


