एसीमा खर्च धेरै भयो ? यसरी बनाउनुस् कार चिसो

गर्मी मौसममा चिसोको खोजी सबै मानिसले गर्ने गर्छन्, चाहे त्यो घरमा होस् या अफिस वा गाडी सबैलाई चिसोको खोजी हुनु स्वभाविक हो । त्यसैले त घर, अफिस हो या कार मानिसलाई एसीको आवस्यकता पर्छ । 

अब एसी नै चाहिन्छ भन्ने छैन । बजारमा कयौं एसीजस्तो काम गर्ने टेक्नोलोजीहरु आइरहेका छन् । जसले गर्मीमा चिसोको अनुभूति प्रदान गर्न सक्छ । 

सोलार पंखा

बजारमा एक प्रकारको सोलारबाट चलने पंखा पाउन सकिन्छ । यसको प्रयोग गर्ने हो भने साँझको समयमा यात्रागर्दा कारमा एसी चलाउनु पर्दैन । सोलार फ्यानको मुख्य विशेषता भनेको यसले केही मिनेटमा नै कारभित्रको तातो हावालाई बाहिर पठाएर कारमा नयाँ फ्रेस हावाको ब्यवस्था गर्न सक्छ । 

के हो सोलार पंखा ?

यो एक मेकानिकल पंखा हो, जसलाई शोलार प्यानलको सहयोगले संचालन गर्न सकिन्छ । विशेष गरेर चिसोको लागि प्रयोग गरिने यो पंखा कहिलेकाही तातोको लागिपनि गर्न सकिन्छ । यो पंखा गाडीमा लगाउँदा यसले एयरकन्डिन चलाउन लाग्ने लागत पनि कम हुन्छ । 

मूल्य

यसको बजार मूल्य ८०० सय रुपैयाँ देखि २५०० रुपैयाँसम्म पर्छ । यसलाई बिभिन्न गाडीका एसोसोरिज पसलहरुमा पाउन सकिन्छ । 


Back_to_top