काठमाडौं । नाडा अटो शोको रौनक सुरुभएको छ । दशै तिहार लगायतका ठुला चाडपर्वको समयमा घरमा नयाँ सामान भित्र्याउने हिन्दु परम्परालाई ब्यवसायमा कर्न्भट गर्न बिभिन्न गाडी कम्पनीले नाडा अटो शोको अवसर पारेर नयाँ–नयाँ अफर ल्याउने गरेका छन् ।
त्यसमा पनि स्पोर्टस युटिलिटी भेइकल (एसयुभी)को माग विश्वभर नै बढी रहेको समयमा नेपाल योबाट कसरी अछुतो हुन सक्छ । भारतीय बजारमा उत्पादन हुने एसयुभीहरुले नेपाली बजारमा पनि धमाल मच्चाई रहेका छन् ।
अहिले कम्प्याक्ट एसयुभी प्रति उपभोक्ता बढी आकर्षित देखिएका छन् । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार युटिलिटी भेइकलको बिक्री वृद्धि वार्षिक १३.१५ प्रतिशतले भइरहेको छ ।
नाडा अटो शो २०१८ मा पनि यी सब–कम्प्याक्ट एसयूभीबीच निकै कडा टक्कर हुने देखिन्छ ।
फोर्ड इकोस्पोर्ट

अमेरिकी कम्पनी फोर्डले उत्पादन गरेको इकोस्पोर्ट कार धेरैको रोजाइमा पर्ने गरेको छ । जीओ फोर्डले नेपाली बजारमा विक्री वितरण गरिरहेको यो कारमा फुल अप्सनमा ६ एयरब्याग रहेको छ । ईको स्पोर्टमा १.० लिटर र १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । इकोस्पोर्टको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३५ लाख ९० हजारदेखि ५० लाख ९० हजारसम्म रहेको छ । नेपाली बजारमा सबैभन्दा पहिला आएको कम्प्याक्ट एसयुभी यही हो ।
मारुती सुजुकी भिटारा ब्रेजा

भिटारा ब्रेजा मारुती सुजुकीको धेरै बिक्री हुने मध्येको एउटा कार हो । भारतीय बजारमा २ बर्षमा ३ लाख बिक्री भएको यो कार नेपाली बजारमा सिजी मोटोकर्पले बिक्री वितरण गर्दै आएको छ । १.३ लिटर डिजेल इन्जिनमा उपलब्ध भिटारा ब्रेजाको सस्तो भेरिएन्टको मूल्य ३७ लाख ४९ हजार रुपैयाँ रहेको छ । टपभेरिएन्टको मूल्य भने ४२ लाख २९ हजार रुपैयाँ रहेको यो कार नेपाली बजारमा समेत लोकप्रिय रहेको छ ।
टाटा नेक्सन

टाटा मोटर्सले करिब ११ महिना अगाडि भारतमा सार्वजनिक गरेको एसयुभी सेगमेन्टको नेक्सन नेपाली बजारमा आएको करिब ४ महिना पुरा भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । १.२ लिटर ११९८ सीसी क्षमताको पेट्रोल इन्जिन र १.५ लिटर १४९७ सीसीको डिजेल इन्जिनमा उपलब्ध यो कार छोटो समयमा नेपाली बजारमा निकै बिक्री भएको यो कार हो । सस्तो भेरिएन्टको मूल्य ३४ लाख ९५ हजार रुपैयाँ रहेको छ । नेक्सनको टप भेरिएन्टको मूल्य ४६ लाख ८५ हजार रहेको छ ।
रेनो डस्टर

रेनोको नेपालका लागि आधिकारीक बिक्रेता एडभान्स अटोमोबाइलले डस्टर गाडी भित्र्याएको हो । बिगत २ वर्ष देखि नेपाली बजारमा बिक्री वितरण भइरहेको रेनो डस्टर फ्रान्सेली कार उत्पादक कम्पनी रेनोको उत्पादन हो । १.५ लिटर १४९८ सीसी क्षमताको इन्जिन भएको डस्टर एसयुभी नेपाली बजारमा लोकप्रिय रहेको छ । भिन्न डिजाइनमा उपलब्ध यो एसयुभीको सुरुवाती मूल्य ३७ लाख ७८ हजार रुपैयाँ रहेको छ, भने टप भेरिएन्टको मूल्य ५८ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
निसान टेरानो

जापानीज कार निर्माता कम्पनी निसानले ल्याएको कम्प्याक्ट एसयुभी टोरानो नेपाली बजारमा राम्रै गरिरहेको देखिन्छ । निसान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले यसको नेपालमा बिक्री वितरण गर्दै आएको छ । १.६ लिटर डिजेल र पेट्रोल दुबै इन्जिनमा रहेको यो कारको सुरुवाति मूल्य ४५ लाख १५ हजार रुपैयाँ रहेको छ ।
यी एसयूभीका अलावा बजारमा सबैभन्दा धेरै बिक्री हुने क्रेटा, स्कार्पियोलगायतका एसयूभी पनि नाडा अटो शोमा प्रतिस्पर्धामा रहेका छन् ।

