‘सोलिड स्टेट ब्याट्री’मा आक्रमक बन्दै चीन, जापानलाई थपियो चुनौती

काठमाडौं । लिथियम आयोन ब्याट्रीमा विश्वको नम्बर १ उत्पादक बन्न सफल चीनले ‘सोलिड स्टेट ब्याट्री’मा पनि ठूलोे लगानी गर्ने भएको छ । यसका लागि चीन सरकारकारले ६ वटा ब्याट्री उत्पादक कम्पनी छनोट गरेर ६ बिलियन युवान अर्थात् ८२७ मिलीयन अमेरिकी डलर अनुदान दिने भएको हो ।

उक्त रकम कम्पनीहरुले सोलिड स्टेट ब्याट्रीको रिसर्च एण्ड डेभलपमेन्टको लागि लगानी गर्नेछन् । चीन सरकारले दिएको अनुदान पाउने कम्पनीहरुमा ब्याट्री उत्पादक सीएटीएल, बीवाइडी, एफएडब्लू, एसएआइसी, जीली र वीलायन छन् ।

चिनियाँ ठूला कार निर्माताहरु जीएसी र ग्रेटवालले पनि सोलिड स्टेट ब्याट्री बनाउने घोषणा गरेता पनि उनिहरु अनुदान पाउने सूचीमा अटाएका छैनन् । छनौटमा परेका ६ वटा कम्पनीहरुले सोलिड स्टेट ब्याट्रीको विकासका लागि छुट्टा छुट्टै प्रविधिहरु अपनाउने छन् ।

विश्वमा पोलीमर सोलिड स्टेट ब्याट्री, अक्साइड सोलिड स्टेट ब्याट्री र सल्फाइड सोलिड स्टेट ब्याट्री गरी ३ प्रकारका ब्याट्री उत्पादन गर्ने टेक्नोलोजी प्रयोग भइरहेको छ ।

चिनियाँ मिडियाहरुका अनुसार प्रोजेक्टको संख्या ७ वटा हुनेछ । त्यसमा पनि दुईवटा प्रोजेक्टमा सीएटीएलले अनुदान पाइसकेको छ । सीएटीएलले गत अप्रिलमा सन् २०२७ सम्ममा सोलिड स्टेटको मास प्रोडक्सन गर्ने घोषणा गरेको थियो ।

एसएआईसीले पनि यहि महिनाको सुरुवातमा सन् २०२६ सम्ममा सोलिड स्टेट ब्याट्रीको मास प्रोडक्सन गर्ने घोषणा गरेको थियो । त्यस्तै अर्को कम्पनी जीएसीले पनि अप्रिलमै आफ्नो सोलिड स्टेट ब्याट्रीको आरएण्डडी सकिएको र सन् २०२६ बाट एओन हाइपर कारमा उक्त ब्याट्री प्रयोगमा ल्याउने जनाएको थियो ।

इनर्जी डेन्सीटी धेरै हुने र लिक्वीड वा जेलको प्रयोग नहुने भएकोले सोलिड स्टेट ब्याट्री एकदमै सुरक्षीत मानिन्छ । सोलिड स्टेट ब्याट्रीमा जापानीज र अधिकांश चिनियाँ कम्पनीहरु बीच प्रतिस्पर्धा चलिरहेको छ ।

अहिले प्रयोगमा रहेको लिथियम आयोन ब्याट्रीको इनर्जी डेन्सीटी १५० वाट आवर प्रतिकेजी रहेको छ । तर, सोलिड स्टेट ब्याट्रीको डेन्सीटी ३५० देखि ४०० वाट आवरसम्म हुने दावी गरिएको छ ।


Back_to_top