एमजी-फोरमा भयो परिमार्जन

काठमाडौं । ब्रिटिस अटोमोवाइल ब्राण्ड मोरिस ग्यारेजले एमजी-फोरमा सामान्य अपडेट गरेको छ । कम्पनीले आफ्नो सफल मोडलको बाहिरी भाग र भित्री भागमै केही परिमार्जन गरेको हो ।

नयाँ एमजी-फोर २०२४ मोडल भनेर बेलायतमा सार्वजनिक गर्ने तयारी भएको कारमा अगाडिको फेसिया र पछाडिको भागमा भने केही परिवर्तन हुने छैन ।

झट्ट हेर्दा थाहा पाइने एमजी-फोरमा यसअघि १७ र १८ इन्चको ह्वील रहेकोमा अब एकै किसिमको १८ इन्च बनाइएको छ । साथै, ड्यासबोर्डमा दिइएको १०.२५ इन्चको टचस्कृन डिस्प्लेलाई परिवर्तन गरेर १२ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले दिइएको छ ।

अब यसको इन्ट्री लेवल भर्सनको ब्याट्री प्याकको साइज पनि परिवर्तन भएको छ । नयाँ अपडेट अनुसार इन्ट्री लेवलमा अब ५१ किलोवाट आवरको सट्टा ४९ किलोवाट आवरको ब्याट्री दिइएको छ ।


Back_to_top