एसपीजी अटोमोबाइल्सले पायो ‘ईभी पायोनियर’ अवार्ड

काठमाडौं । चेरि अटोमोबाइलको सबब्राण्ड ओमोडा एण्ड जेइको ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइलस ‘ईभी पायोनियर अवार्ड’द्वारा सम्मानित भएको छ ।

चीनको आन्हुइ प्रान्तस्थित वुहुमा आयोजित ‘चेरि इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’ एसपीजीले उक्त अवार्ड पाएको हो ।

एसपीजीलाई नेपालमा ओमोडा एण्ड जेइकोको विद्युतीय सवारी साधनलाई स्थापित गर्न गरेको योगदान र बजार पर्फमेन्सका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

चेरि होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुइले एसपीजी अटोमोबाइल्सका निर्देशन गौरव शारडालाई अवार्ड हस्तान्तरण गरेका थिए ।

उक्त सम्मेलनमा १२० बढी देशका ३ हजारभन्दा बढी डिलरहरूको सहभागीता थियो । सम्मेलनमा सहभागीहरूलाई अटोमोबाइल क्षेत्रका उपलब्धीहरू प्रदर्शन, यसबारे विभिन्न रणनीतिक विचारहरू अन्तर्राष्ट्रिय साझेदारहरूसँग आदानप्रदान गरिएको थियो ।

यो सम्मानले नेपालको विकसित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा दिगो यातायात प्रवद्र्धनप्रतिको प्रतिबद्धता र सक्रियतालाई उजागर गरेको कम्पनीको भनाइ छ ।

एसपीजीले नेपाली बजार ओमोडा ई-फाइभ र जेइको जे-सिक्स ईभी बिक्री गर्दै आएको छ । सन् २०२४ मा नेपाली बजारमा प्रवेश गरेको कम्पनीले पहिलो वर्षमै ८०० बढी ईभी बिक्री गरिरहेको छ ।


Back_to_top