कोभिड १९ विरुद्धको लडाईमा एसटीसी ग्रुपको सहयोग

काठमाडौं । अटोमोवाइल क्षेत्रको स्पेयर पाट्र्स, टायर, लुब्रिकेन्ट, व्याट्री जस्ता बस्तुको आधिकारीक विक्रेता एसटीसी ग्रुपले बागमती प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर र रेगुलेटर हस्तान्तरण गरेको छ ।

कोभिड १९ को दोस्रो लहरमा अक्सिजन सिलिण्डरको अभाव कायमै रहेको भन्दै एसटीसी ग्रुपले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त सामाग्री हस्तान्त्रण गरेको हो ।

हस्तान्त्रण कार्यक्रममा ग्रुपमा प्रवन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती र निर्देशक कृष्णप्रसाद दुलालको उपस्थिति रहेको थियो । एसटीसी ग्रुपले २०० थान अक्सिजन सिलिण्डर र रेगुलेटर प्रदेश सरकारलाई दिएको हो ।


Back_to_top