नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, व्यापार लागत घट्ने

काठमाडौं । बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा शंसोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षर भएसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन् ।

यो संशोधनबाट दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाईमा पुग्ने भन्ने नेपाल उद्योग बाणिज्य महासंघले त्यसको स्वागत गरेको छ ।

आफुहरुले लामो समयदेखि उठाउँदै आएको माग संवोधन भएको भन्दै महासंघले दुवै देशका सरकारलाई धन्यवाद दिएको हो ।

शंसोधित सम्झौता अनुसार नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले विरगन्ज र विराटनगरदेखि कोलकाता-हल्दियासम्म रेल सेवा दिन सक्ने छन् ।

रेल सेवा विस्तार हुँदै जाँदा नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सहजता आउनुको साथै दुईपक्षीय व्यापार तथा पारवहनको सहजीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने महासंघको बुझाई छ । यो सम्झौताले समग्रमा व्यापार लागत घटाउनुको साथै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा समेत महत्वपूर्ण सघाउ पु¥याउने विश्वास महासंघले लिएको उल्लेख गरेको छ ।

समग्रमा नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा भएको संशोधनले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा निकै ठूलो परिवर्तन आउने अपेक्षा महासंघले गरेको छ ।


Back_to_top