काठमाडौंमा ट्राफिक नियम मिच्ने बढ्दै, एक सातामै २.६३ करोड जरिवाना

फाइल तस्बिर ।

काठमाडौं । ट्राफिक प्रहरीले सडक नियम उल्लंघन गर्ने विरुद्ध कारबाही तीव्र बनाएको छ । प्रहरीले काठमाडौं उपत्यकामा विभिन्न स्थानमा टोली खटाएर चेकिङलाई तीव्रता दिएको हो ।

ट्राफिकको चेकिङमा पछिल्लो एक सातामा मात्रै झण्डै २७ हजार चालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार यही फागुन २४ देखि ३० गतेसम्म गरिएको चेकिङमा २६ हजार ८२८ चालक कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका चालकहरुलाई कसुर अनुसार फरक फरक जरिवाना गरिएको छ । उनीहरूलाई कुल २ करोड ६३ लाख ३८ हजार ०६९ रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने, सवारी जाँचपास नगर्ने लगायतलाई कारबाही गरी जरिवाना तिराउँदै आएको छ ।

आगामी दिनमा चेकिङमा झन् कडाइ गरिने प्रहरीको भनाइ छ ।


Back_to_top