रेट्रो डिजाइन एसयूभीले तानिदै उपभोक्ता, थपिँदै नयाँ मोडल

काठमाडौं । थार, जिम्नी, जिप्सी जस्ता एसयूभीले नेपाली उपभोक्ताका माझ अलग परिचय निर्माण गरेका थिए । यी सबै एसयूभी आफ्नो रेट्रो लुक्सको कारण चर्चा पाउन सफल मोडल हुन् ।

महंगो रेट्रो डिजाइन एसयूभी खोज्नेले जीप रुवीकन पनि खरिद गर्न सक्छन् । मर्सिडिजको डिफेन्डर पनि अर्को विकल्पमा बिक्री हुँदै आएको मोडल हो । नेपालीहरुको औषत आम्दानीले महंगा गाडी किन्न सम्भव हुँदैन । त्यसैले चीन र भारतमा रेट्रो डिजाइनमा एसयूभी बनाउने दौड सुरु भएको छ ।

अहिले नेपाली बजारमा बिक्री भइरहेको रेट्रो लुक्स आइकार भी-२३ ले उपभोक्ताको मन जितिरहेको छ । ५० लाख मूल्य रहेको आइकार भी-२३ निकै आकर्षक डिजाइन, उत्कृष्ट रेन्ज र पृथक क्याविनको कारण सफल हुँदै गएको हो ।

रेगुलर एसयूभीभन्दा पृथक लाग्ने रेट्रो डिजाइनमा टाटाले सियरा एसयूभी भारतमा बिक्री थालिसकेको छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सियरा मात्रै भारतमा बिक्री भइरहेको छ । छिट्टै ईभीमा पनि सियरा आउने छ । त्यसपछि नेपाली बजारमा रेट्रो लुक्समा थप छनोट उपलब्ध हुन्छ ।

जिली मोटर ग्रुपको ग्यालेक्सी क्रुजर एसयूभी पनि रेट्रो डिजाइनमा तयार भएको हो । जिलीका उत्पादन पनि नेपाली बजारमा उपलब्ध भएको कारण छिट्टै आउन सक्ने मोडलमा पर्छ ।

यसका अलावा आइकार भी-२७ पनि रेट्रो लुक्समा नै चीनमा बिक्री भइरहेको मोडल हो । जेटोर र बीएआइसी ब्राण्डमा पनि रेट्रो लुक्स भएका एसयूभी छन् । क्रमिक रुपमा यी एसयूभी नेपाली बजारमा प्रबेश गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top