सनलङको माइक्रो भ्यानको आधिकारिक बिक्रेता ‘बियोन्ड अटो’

काठमाडौं । एकपछि अर्को विद्युतीय लाइट कमर्शियल भेहिकल ब्राण्ड नेपाल आइरहेका छन् । यहि क्रममा नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष ध्रुब थापाको नेतृत्वमा रहेको बियोन्ड अटो नामक कम्पनीले आधिकारीक बिक्रेताको काम गर्ने भएको हो ।

सनलङ विद्युतीय बस उत्पादनमा निकै राम्रो ब्राण्ड मानिन्छ । उक्त कम्पनीले माइक्रो भ्यान पनि ल्याउन लागेको हो । कम्पनीले ल्याउन लागेको इलेक्ट्रीक माइक्रो भ्यान ११ र १४ सिट क्षमताको हुनेछ ।

अहिले बजारमा रहेका माइक्रो भ्यान कै जस्ता फिचर रहने सनलङका विद्युतीय साधनको पुरै टेक्नीकल डिटेल भने बाहिर आएको छैन ।

‘हामीले दशैं अगाडि नै ल्याउने गरी प्रयास गरिरहेका छौं । नेपाल आएसँगै यसको आधिकारीक बिक्री वितरण सुरु गर्नेछौं’, कम्पनीका संचालक ध्रुब थापाले मेरोअटोसँग भने ।


Back_to_top