सुपर शोकोको स्कुटरमा १५ हजार छुट, ब्याट्रीमा ३ वर्ष ग्यारेन्टी

काठमाडाैं । सुपर शोको इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रता कम्पनी डिलाइफ स्टाइलले नयाँ स्कीम ल्याएको छ । कम्पनीले सुपर शोको सीयूएक्समा नगद छुट स्कीम ल्याएको हो ।

कम्पनीले सुपर शोको सीयूएक्स स्कुटर खरिद गर्दा १५ हजार नगद छुट दिने स्कीम सार्वजनिक गरेको हो । यो योजना नगदमा स्कुटर खरिद गर्ने ग्राहकले मात्र पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले असार १६ गतेदेखि लागु गरेको यो स्कीम असार अन्तिमसम्म लागु हुने जनाएको छ । कम्पनीका अनुसरा सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलको मूल्य चाँडै नै वृद्धि हुनेछ ।

सुपर शोको सीयूएक्समा बश कम्पनीको २.७ किलोवाट क्षमताको मोटर रहेको छ । यसको टप स्पीड क्षमता ७५ किलोमिटर रहेको सुपर शोको सीयूएक्स स्कुटरले एक पटकको फुलचार्जमा ८५ किमीको रेन्ज दिन्छ । यसलाई एक पटक फुल चार्ज गर्न ३.५ घन्टा समय लाग्छ ।

यो स्कुटरमा ट्यूव लेस टायर, किलेस स्टार्ट, डिस्क ब्रेक, रिमुभएवल ब्याट्री, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडि लाइट्स जस्ता फिचर पाउन सकिन्छ ।

सुपर शोको सीयूएक्सको ब्याट्रीमा तीन वर्ष ग्यारेन्टी र मोटरमा २ वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो स्कुटरको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top