६ करोडको लागतमा सुविधा सम्पन्न बस

काठमाडौं । म्याग्दीबाट पहिलोपटक अत्याधुनिक सुविधासहितको सुपर एसी डिलक्स बस सेवा सञ्चालन भएको छ।

म्याग्दी, मुस्ताङबाट काठमाडौं जाने यात्रुलाई लक्षित गरी म्याग्दी कोरला मुभर्स एण्ड ट्राभल्स् कम्पनीले ६ करोडको लगानीमा एयर कन्डिसन एसी युक्त आरामदायी सुपर डिलक्स बस सेबा सुरु गरेको हो।

म्याग्दीका यातायात व्यवसायीहर सुरत केसी, नगेन्द्र केसी, मोहन केसी, प्रकाश पौडेल र अर्जुन आचार्यलगायतले संयुक्त लगानीमा यात्रुलाई गुणस्तरीय सुविधा सहितको बस सेवा सञ्चालन गरेका हुन्।

पहिलो चरणमा १० वटा मिनि वार सुविधासहितको एसी डिलक्स बसबाट सेवा शुरु गरिएको कम्पनीका अध्यक्ष सुरत केसीले बताए। मिनि बारसुविधा रहेको बसमा चढ्ने यात्रुहरुलाई पानी,चिसो र चियासहितको सेवा उपलव्ध हुनेछ। बस भित्रै शौचालय,आराम कोठा, वाईफाई इन्टरनेटसँगै महत्वपूर्ण सामानको सुरक्षाका लागि पासवर्ड सहितको लकरको समेत सुविधा रहेको अध्यक्ष केसीले बताए।

तीन वटा सुपर एसी डिलक्स, दुई वटा सुत्ने बेड, शौचालय, क्याफेसहितको अत्याधुनिक सेवा रहेको बसबाट साविकको धौलागिरी अञ्चलका चार वटै जिल्लाका यात्रुलाई आरामदायी तथा सुरक्षित सेवा दिने कम्पनीले जनाएको छ। सडक सञ्जालको स्तरउन्नतीलगत्तै छिमेकी राष्ट्र चीन र भारत जोड्ने अन्तरदेशीय बेनी–जोमसोम–कोरला सडक अन्र्तरगत कोरलासम्म आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने कम्पनीको योजना रहेको छ ।


Back_to_top