सुजुकीले आगामी फेस्टिभ सिजनमा जिक्सर–२५० मोटरासाइकल भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । जिक्सर १५० को सफलता पश्चात कम्पनीले जिक्सर २५० निमार्ण गर्ने घोषण गरेको थियो । जिक्सर २५० कम्पनीको निक्कै अपेक्षाकृत मोडलको रुपमा लिइएको छ ।
मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै जिक्सरमा डियुल च्यानल स्टान्र्डड एबीएसको विशेषता समेटिएको छ भने फुल डिजिटल इन्स्टुमेन्ट क्लस्टर दिइएको छ । यसमा उपलब्ध सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड २५० सीसी इन्जिनले २० बीएचपी पावरका साथै २० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा ६ स्पिड ट्रान्समिसन लगाइएको छ । गियर इन्डिकेटर, टाइम, स्पिडोमिटर, ओडोमिटर, ट्रिम मिटर, फ्ुल गज लगायतका विशेषता दिइएको छ ।
सुजुकी जिक्सरमा युएसडी सेटअप र मनोशक रियर सन्पेन्सन लगाइएको छ । कम्पनीले इन्ट्री लेभल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ । विशेषत, मोटरसाइकल प्रेमी युवापुस्तालाई मध्यनजर गर्दै कम्पनीले नयाँ उत्पादनमा जोड दिइरहेको छ ।
यो बाइकले यामाहा एफजेड २५ र डुक २५० सँग प्रतिस्पर्धा गर्ने छ ।

