टोयोटाले अप्रिल ८ अर्थात भोली भारतीय बजारमा परिमार्जित इनोभा क्रिष्टा सार्वजनिक गर्ने भएको छ । कम्पनीले २०१६ बाट बिक्री गर्र्र्दै आएको यो मोडलको अपेडेटेड संस्करण ल्याउने तयारी गरेको हो ।
यसको इन्टेरियर तथा एक्सटेरियरमा आकर्षक विशेषता दिइएको छ । यसको जेड एक्स र भी एक्स भेरियन्टमा लेदर सिट, फास्ट युएसबी चार्जिङ, सिट प्रिफर्टेशन र हिट प्रोजेक्शनको विशेषता रहने छन् । यसको विभिन्न भेरियन्टमा २.४ लिटर डिजेल, २.८ लिटर डिजेल र २.७ लिटर पेट्रोल इन्जिन रहने कम्पनीले जनाएको छ । २.८ लिटर डिजेल इन्जिनले ४ हजार आरपीएममा १७४ पीएस पावरका साथै १२ सय देखि ३४ सय आरपीएममा ३६० एनएमक टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन लगाइएको छ ।
२.७ लिटर पेट्रोल इन्जिनले ५२ सय आरपीएममा १६६ पीएस पावरका साथै ४ हजार आरपीएममा २४५ एनएम टर्क उत्पादन गर्छ । २.४ लिटर डिजेल र २.८ लिटर डिजेल इन्जिनयुक्त गाडीले क्रमश प्रतिलिटर १५.१० किलोमिटर र १४.२९ किलोमिटर माइलेज प्रदान गर्छ । अन्तर्राष्ट्रिय बजारमा इनोभा क्रिष्टा जी, जिएक्स, भिएक्स, टप इन्ड र जेड एक्स भेरियन्टमा उपलब्ध छ । यसको मूल्य १४ लाख ९३ हजारदेखि २३ लाख २४ हजार भारुसम्म रहेको छ ।

