काठमाडौं । मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले बिक्री गर्दै आएको सेलेरियो कम मूल्यमा किन्न पाइने ‘पर्फेक्ट फ्यामली’ कार हो । यसलाई सन् २००९ देखि नेपालमा सिजीले बिक्री वितरण गर्दै आएको छ ।
साइजमा सानो भएपनि ५ जना मानिसले आरामदायीसँग यात्रा गर्न मिल्ने सेलेरियो उत्कृष्ट माइलेजको लागि पनि कहलिएको मोडल हो । सेलेरियोमा सुजुकीले पछिल्लो पटक रिफाइन गरेको १.० लिटर, ड्यूल जेट इन्जिन दिइएको छ ।
नयाँ ड्यूलजेट इन्जिनले प्रति लिटर २६ किलोमिटरसम्म माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । यसले सडकमा गुडाउँदा पनि १८ किलोमिटर हाराहारी माइलेज दिने प्रयोगकर्ताहरु बताउँछन् ।
सस्तो र सफल फ्यामली कारको पहिचान बनाएको सेलेरियो नेपालमा अहिले ३ भेरियन्टमा बिक्री हुन्छ । यसको भीएक्सआई भेरियन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यसमा ९० हजार रुपैयाँ नगद छुट दिदै आएको छ । त्यो एक लाख रुपैयाँ घटाउँदा गाडीको बिक्री मूल्य २७ लाख ९ हजार हुन्छ ।

गाडी किन्ने मानिसले मूल्यको ५० प्रतिशतले हुन आउने १३ लाख ५४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत जम्मा गर्नु पर्छ । डाउन पेमेन्टपछि १३ लाख ५४ हजार ५०० रुपैयाँ नै कर्जा वापत लिन सकिन्छ । यसरी लिएको रकम ७ वर्षसम्म मासिक रुपमा तिर्दै जानुपर्छ ।
अहिले बैंकहरुले १३ प्रतिशत ब्याजदरमा अटोकर्जा उपलब्ध गराउँदै आएका छन् । यस हिसावले सेलेरियो भिएक्सआई भेरियन्ट किन्ने मानिसले मासिक २४ हजार ६४२ रुपैयाँ मासिक किस्ता तिर्नु पर्छ ।
सेलेरियो जेडएक्सआई भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ । यसमा पनि ९० हजार रुपैयाँ छुट हुने भएकोले एउटै ब्याजदर र प्रक्रियामा किन्दा यसको मासिक किस्ता २६ हजार ४६० रुपैयाँ पर्छ ।
सेलेरियोको टप भेरियन्ट जेडएक्सआई प्लस हो । यसको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा पनि कम्पनीले ९० हजार रुपैयाँ नगद छुट प्रदान गर्ने हुँदा यसको मासिक किस्ता २८ हजार २८० रुपैयाँ पर्छ ।
यस्तो छ सेलेरियो
मारुती सुजकी सेलेरियो थ्रिडी अर्गानिक ‘स्कल्पटेड’ डिजाइनमा तयार भएको कार हो । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसलाई आकर्षक बनाएको छ ।

फराकिलो क्याविन, अर्गानिक स्कल्पटेड थ्रिडी इन्स्ट्रुमेन्ट प्यानलले सेलेरियोलाई प्रिमियम फिल प्रदान गरेको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल थीम साइड एयर भेन्ट्सले सेलेरियोको भित्री डिजाइनलाई आकर्षक रहेको छ ।


