काठमाडौं । अटोकारले भारतमा बिक्री भइरहेका तीन कार टाटा टियागो, सिट्रोन सीथ्री र एमजी कोमेटको वास्तविक रेन्ज पत्ता लगाउन भन्दै परिक्षण गरेको छ । कम्पनीको परिक्षणबाट सबैभन्दा किफायती मोडल एमजी कोमेट देखिएको रिपोर्ट अटोकारले प्रकाशित गरेको हो ।
सार्वजनिक भएको रिपोर्ट अनुसार ३२० किलोमिटर रेन्ज दावी गरिएको सिट्रोन सीथ्रीले २२८ किलोमिटर, ३१५ किलोमिटर दावी गरिएको टाटा टियागोले १८७ किलोमिटर र २३० किलोमिटर दावी गरिएको एमजी कोमेटले १९३ किलोमिटर रेन्ज दिएको रिपोर्ट प्रकाशित भएको हो ।

प्रकाशित रिपोर्टमा ब्याट्री इफिसेन्सी (किलोमिटर–किलोवाट आवर) पनि देखाइएको छ । जसमा एमजीको प्रतिकिलोवाट आवरले ११.१७ किलोमिटर गुडेको उल्लेख छ । त्यसैगरी टाटाले प्रति किलोवाट आवर ७.७७ किलोमिटर र सिट्रोन ७.८ किलोमिटर प्रति किलोवाट आवर रेन्ज दिएको थियो ।
टाटा टियागो र सिट्रोन सीथ्री साइजमा पनि ठूलो र कर्भ वेट पनि धेरै भएको कारण कोमेटभन्दा कम रेन्ज प्राप्त भएको रिपोर्टमा उल्लेख गरिएको छ ।


