काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोसँग मिलेर अमेरिकी प्रसिद्ध मोटरसाइकल ब्राण्ड हार्ले डेभिडसनले उत्पादन गरेको पहिलो मोटरसाइकल सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै मोटरसाइकल मूल्यलाई लिएर अहिले चर्चा सुरु भएको हो ।
हिरोले उत्पादन गरेको ‘हार्ले एक्स ४४०’को मूल्य २ लाख २९ हजार भारतीय रुपैयाँ एक्स शोरुम तोकिएको छ ।
भारतीय मोटरसाइकल उत्पादक कम्पनीको उत्पादन हार्ले एक्स ४४० निओ रेट्रो डिजाइनमा उपलब्ध छ । यसले भारतमा रोयल इनफिल्ड, जावा, येज्दी जस्ता मिड साइज मोटरसाइकलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
हार्ले एक्स ४४० मा सिगंल सिलिन्डर, एयरकुल्डका साथ आयल कुलर इन्जिन दिइएको छ । यो इन्जिनले २७ पीएस पावर जेनेरेट गर्छ भने यसमा स्लिपर एसिस्ट क्लच उपलब्ध छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यो मोटरसाइकलको फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा ट्वीन सक एब्जर्भर दिइएको छ ।
एक्स ४४० को एक्जष्ट, टर्न इन्डिकेटर तथा हेडल्याम्प रेट्रो डिजाइनको छ । त्यस्तै रउान्ड सेप एलइडी डिआरएलसतिहको हेडल्याम्प पाउन सकिन्छ । यसमा डबल च्यानल एबीएस, अलोय ह्वील, एलइडी इन्डिकेटर जस्ता फिचर उपलब्ध छन् ।

