सुजुकीले नेपाल ल्याउला १५० सीसीको एड्भेन्चर बाइक, यस्ता छन् फिचर

काठमाडौं । सुजुकीले विश्वका धेरै देशमा विक्री गर्दै आएको १५० सीसीको एड्भेन्चर मोटरसाइकल डिआर १५० झट्ट हेर्दा होन्डा र यामाहाले विक्री गर्दै आएका होन्डा एक्सआर १५० र यामाहा एक्सटीजेड १५० जस्तै रहेको छ ।

इन्डोनेशिया, फिलिपिन्स जस्ता देशमा विक्री हुँदै आएको यो मोटरसाइकल भारत र नेपालमा भने उपलब्ध छैन । नेपाल र भारतमा यो सेग्मेन्टको बजार भने विस्तर हुँदै गएको छ । यो सेग्मेन्टमा उपलब्ध अधिकांश मोटरसाइकलको विक्री राम्रो रहेको कारण सुजुकीको आधिकारीक विक्रेता भिजी सुजुकीले यसलाई नेपाल ल्याउन सक्ने सम्भावना भने छ ।

निकै उत्कृष्ट र सार्प डिजाइनमा तयार भएको यो मोटरसाइकल निकै एड्भेन्चर बडी डिजाइनमा तयार भएको छ । हेलोजिन हेडल्याम्प, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.५ लिटर क्षमताको इन्धन ट्याङ्क, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक जस्ता फिचर डिआर १५० मा पाउन सकिन्छ ।

अफरोड यात्राको लागि कम्पनीले यसको अगाडि १९ इन्च र पछाडि १७ इन्चको स्पोक ह्वील दिएको छ । यसको अगाडि टेलिस्कोपीक फ्रन्ट फर्क र पछाडि मोनोशक सस्पेन्स पाउन सकिन्छ ।

सुजुकी डिआर १५० मा १४९ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १२.३ पीएस पावर र १२.७ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top