काठमाडौं । दुई जापानी ब्राण्ड सुजुकी र टोयोटाले विगत चार वर्षदेखि सहकार्य गर्दै आएका छन् । उनिहरुको सहकार्य कार उत्पादन, टेक्नोलोजी विकास र बजार रणनीतिसम्म नै चल्दै आएको छ ।
यस्तोमा एउटै मोडलमा केही फरकपन सहित टोयोटा र सुजुकी ब्राण्डमा नयाँ विद्युतीय एयूभी ल्याउने भएका हुन् । दुबै कम्पनीले एसयूभीको नाम पनि सार्वजनिक गरिसकेका छन् ।
सुजुकी र टोयोटा दुबैले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभी युरोपमा सार्वजनिक गरेको हो । सुजुकीले ई–भिटारा स्पेन र टोयोटाले अर्वान क्रुजर बेल्जीयमबाट सार्वजनिक गरेको हो । यी दुई गाडीमा समानतासँगै फरक पनि पाउन सकिन्छ । त्यसैले यी दुईका समानता र भिन्नतालाई हामीले केलाउने प्रयास गरेका छौं ।
मोटर र ब्याट्री एउटै
सुजुकी र टोयोटाले आफ्नो आउन लागेका एसयूभीमा ४९ र ६१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । मोटर साइज पनि समान नै छ । यी दुबै कम्पनीले १०६, १२८ र १३५ किलोवाटको मोटर दिएको छ । ठूलो मोटर र ब्याट्रीसँग फोर ह्वील ड्राइभ अप्सन उपलब्ध हुनेछ ।
साइजमा कति फरक ?
सुजुकीले ई-भिटारा पहिला बजारमा ल्याउने छ । कम्पनीले यसको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६३५ एमएम रहेको छ । केही ढिलोगरी बजारमा आउने टोयोटा अर्वान क्रुजर लम्बाइ र उचाइमा ठूलो छ । अर्वान क्रुजर ई–भिटाराभन्दा १० एमएम लामो र ५ एमएम अग्लो छ ।
ग्राउन्ड क्लियरेन्स दुबै एसयूभीमा समान १८० एमएम रहनेछ । ह्वीलवेस पनि दुबैमा समान २७०० एमएम हुनेछ । दुबै एसयूभीमा भेरियन्ट अनुसार ह्वील साइज पनि १८ र १९ इन्चमा आउने छ ।
क्याविन
दुबै एसयूभीको ड्यासबोर्ड लगभग उस्तै छ । केही फरक डिजाइन एलिमेन्ट भने पाउन सकिन्छ । आधुनिक सुरक्षा फिचर उपलब्ध हुने दुबै एसयूभीमा १०.१ र १०.२५ इन्चका ड्यूल स्कृन रहने छन् । पछाडिको सिट पनि तल माथि गरेर मिलाउन सकिन्छ ।
बाहिरी डिजाइनमा फरक
टोयोटा अर्वान क्रुजर र सुजुकी ई-भिटारामा मुख्य परिवर्तन भनेकै अगाडिको डिजाइनमा पाउन सकिन्छ । सुजुकीले आफ्नो ट्रेडिस्नल डिजाइनलाई निरन्तरता दिएको छ । टोयोटाले केही पृथक लाग्ने डिजाइन दिएको छ ।

