काठमाडौं । सुजुकीको मोटरसाइकल तथा स्कुटरमा खरिदमा ५० हजार रुपैयाँसम्म छुट पाइने भएको छ ।
नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता भीजी अटोमोबाइलले ल्याएको ‘दशैंसँगै मिलन र प्रगतिको यात्रा’ अफरमा यस्तो छुट पाइने भएको हो ।
यस अफर अन्तर्गत ग्राहकले ५० हजार रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, अन्य आकर्षक एक्सचेन्ज बोनसहरू पनि पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले जुनसुकै ब्राण्डका पुराना सवारी साधन एक्सचेन्ज गर्न सक्नेछन् । सुजुकीको एभीनिस स्कुटरमा १० हजार रुपैयाँ र जिक्सर मोटरसाइकलमा ७ हजार रुपैयाँ थप एक्स्चेन्ज बोनस पाउने छन् ।
कम्पनीले नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकलाई शून्य प्रतिशत फाइनान्स सर्भिस चार्जमा इजी ईएमआई सुविधा पनि उपलब्ध गराएको छ ।
यसका अलावा कम्पनीले सर्भिसिङमा पनि फास्ट ट्रयाक सर्भिस सुविधा, फ्री वास भौचर, फ्री एफआई सिस्टम चेकअप, एएमसी स्किम जस्ता सुविधा दिने भएको छ ।


