सुुजुकीले दुईपाङ्ग्र्रे सेग्मेन्टमा जिक्सर–२५० बाइकलाई आगामी महिना अर्थात् जनवरी २०१९ मा सार्वजनिक गर्ने भएको छ । कपनीले भारतीय बजारमा बिक्री भने २०१९ को अप्रिलबाट मात्रै गर्ने जनाकारी दिएको हो ।
विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर–२५० को उत्पादन गरिएको कम्पनीको दाबी छ । ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसकासाथ आउने नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
यसमा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड–२५० सीसी इन्जिनले २० बीएचपी पावरकासाथै २० एनएम–टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा सिक्स–स्पीड ट्रान्समिसन लगाइएको छ ।
सुजुकी जिक्सरमा रेगुलर मोडलमा प्रयोग भैरहेको टेलिस्कोपिक फ्रन्ट दिइएको छ भने महंगो यूएसडी सेटअप र मनोशक रियर सन्स्पेन्सन थप गरिएको छ । कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ ।
यामाहा एफजेड–२५ सँग प्रतिस्पर्धा गर्न ल्याउन लागिएको यो मोडलले राम्रो ब्यापार गर्ने कम्पनीले अपेक्षा राखेको बताएको छ ।
यदि यो तत्काल नेपाली बजारमा आउने हो भने यसको मूल्य ४ लाख रुपैयाँ हाराहारीमा पर्ने अनुमान लगाउन सकिन्छ । यसले बजारमा यामाहा एफजेड–२५, बजाज पल्सर एनएस–२०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।


