सुजुकी मोटसाइकल कम्पनीले इन्टुडरको स्पेशल एडिसन भारतीय बजारमा सार्वजनिक गरेको छ । सुजुकीले एक वर्ष अगाडि भारतीय बजारमा सार्वजनिक गरेको १५५ सीसी इन्जिन क्षमताको इन्टुडर निकै चर्चित क्रुज बाइकमा पर्न सफल भएको थियो ।
कम्पनीले सार्वजनिक गरेको स्पेशल एडिसन कार्बोनेटेड र फियुल इन्जेक्टेड दुबै भर्सनमा उपलब्ध रहेको छ । दुबै भर्सनमा उपलब्ध रहेको कारण कम्पनीले यसको नाम इन्टुडर एसपी र इन्टुडर एफआई एसपी राखेको छ । चाडपर्वलाई ध्यानमा राख्दै स्पेशल एडिसन बजारमा ल्याएको छ ।
स्पेशल एडिसन सार्वजनिक गर्दै सुजुकी इन्डियाका प्रबन्ध निर्देशक सतोसी उचिदाले भने ‘हामी निकै खुसी छौ किनकी हामीले दिपावलीको मुखमा नयाँ एडिसन सार्वजनिक गर्न पायौं । क्रुजर बाइकका शौखिनहरुको लागि यो बाइक निकैले आर्कषित गर्नेछ ।’
हेड टर्निङ डिजाइनको साथ कम्पनीले एफआई भेरिएन्टमा लग्जरी अपिल र स्पोर्टी लुक्स दिएको छ । कम्पनीले दाबी गरेको छ, यसले बाइकको भिडमा अलग देखाउन चाहनेलाई उपयुक्त हुने छ ।
सुजुकीले आफ्नो रेगुलर भेरिएन्टमा भएकै इन्जिन दिएको छ । १५५ सीसीको सिंगल सिलिन्डर एयर कुल्ड, फोर स्टोक दिएको छ । जसले १४ बीएचपी पावर र १४ एनएम टर्क उत्पादन गर्छ । एसपी मोडलमा एबीएस सिस्टम दिइएको छ ।


