सुजुकी जिम्नी भारतमा उत्पादन हुने हल्ला

सुजुकीले मध्यम पश्चिम तथा अप्रिकी मुलुकको लागि सुजुकी जिम्नीको उत्पादन भारतमा गर्ने हल्ला बाहिर आएको भारतीय मिडियाले उल्लेख गरेका छन् । अफरोड भर्सनमा आउने सुजुकी जिम्नी भारतीय बजारमा स्मल थ्रि डोर एसयूभीको रुपमा सार्बजनिक हुने कम्पनीले जनाएको छ । 

यो मोडलमा राउन्ड सेप हेडलाइट र फग ल्याम्प, अपराइट पिल्ल्लर, फ्लेयर्ड अप ह्वील आर्कको विशेषता दिइने छ । यी विशेषताले एसयूभीलाई मस्कुलर लुक्स दिइने कम्पनीले जनाएको छ । 

यसमा के१५बी १.५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६ हजार आरपीएममा १०२ पीएस पावरका साथै ४ हजार आरपीएममा १३० एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पीड म्यानुअल र ४ स्पीड अटोमेटिक गियरबक्स लगाइएको छ । 

सुजुकी जिम्नीमा स्मार्टप्ले इन्पmोटेन्मेन्ट युनिटसँगै एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्याट न्याभ, एसआरएस फ्रन्ट एयरब्याग, एबीएस, इबीडी, ब्रेक असिस्ट सिस्टमजस्ता फिचर रहने छ । चालक तथा प्यासेन्जरको सुरक्षाको लागि आइएसओ फिक्स चाइल्ड सिटमाउन्ट, भेहिकल स्टेबिलिटी कन्ट्रोलजस्ता बिशेषता भारतीय बजारमा उत्पादन हुने जिम्नीमा उपलब्ध हुनेछ । 


Back_to_top