१५ दिनपछि बिक्री सुरु हुँदै जिम्नी एसयूभी, भारतमा बम्पर बुकिङ

काठमाडौं । आगामी जुन ७ तारिखमा मारुती सुजुकीले भारतमा उत्पादन गरेको जिम्नी एसयूभी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले बिक्री सुरु गर्नुअघि बुकिङ खुल्ला गरेको जिम्नीले निकै राम्रो बुकिङ पाएको कम्पनीले जनाएको हो ।

मारुती सुजुकी जिम्नीलाई ३० हजारभन्दा धेरै ग्राहकले बुकिङ गरेर बसेको कम्पनीले जनाएको छ । भारतमा उत्पादन भएको अफरोड एसयूभी माइलेजमा पनि निकै उत्कृष्ट रहेको खुलासा भएको छ ।

जिम्नीमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड के१५बी पेट्रोल इन्जिन हुने स्रोतले बताएको छ । यसमा फोर स्पिड अटोमेटीक र फाइभ स्पीड म्यानुअल गियरबक्स उपलब्ध हुनेछ । भारतीय रिसर्च एजेन्सी एआरएआईले प्रतिलिटर १६.३९ किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।

यो एसयूभीमा ९ इन्चको टचस्क्रिन स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, ६ वटा एयर ब्याग, इएसपी, हिल होल्ड असिस्ट लगायत फिचर्स पाउन सकिन्छ ।

यसमा हिल डिसेन्ट कन्ट्रोल, रियर भ्यु क्यामेरा, एबीएस, इबीडी जस्ता सुरक्षाका फिचर्स दिइएको छ ।

जिम्नी एसयूभी जीटा र अल्फा गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य सुरुवाती १० लाखदेखि १२ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।


Back_to_top