सुजुकीको चर्चित स्मल एसयूभी जिम्नीको जापानी बजारमा थुप्रै कम्पनीले कस्टुमाइज गर्ने गरेका छन् । पछिल्लोपटक एउटा डिजाइन हाउसले जिम्नीमा ब्ल्याक कलरको प्रयोगबाट मोडिफाई गरी बिक्री–वितरण सुरु गरेको छ ।
कम्पनीको सिरिया मोडलमा जस्तै यसमा पूर्ण ब्ल्याक कलरको प्रयोग गरिएको छ । यसको अगाडिको ग्रिल पूर्णत नयाँ डिजाइन गरिएको छ भने एलईडी ओरिङ हेडल्याम्प दिइएको छ ।
स्पोटीयर बम्पर, स्कुप बोर्नेट, नयाँ डिजाइन गरिएको ह्वीलजस्ता फिचरले यो एसयूभीलाई मर्सिडिज–बेन्ज–जी–वागेनजस्तै देखाएको छ ।
यसरी मोडिफाई गरिएको जिम्नीको माग संसारभरबाट आइरहेको कम्पनीले जनाएको छ । यद्यपि, डिजाइन हाउसले यसमा कुनै यान्त्रिक परिवर्तन गरिएको वा नगरिएको विषयमा केही खुलाएको छैन ।
जिम्नीमा १.५ लिटर के–१५ बी इन्जिन दिइएको छ, जसले १०० पीएस पावर र १३० एनएम–टर्क जेनेरेट गर्छ ।
नेपाली बजारमा पनि सुजुकीको आधिकारीक वितरक सीजी मोटोकर्पले जिम्नी ल्याउने तयारी गरिरहेको छ । सम्भवत कम्पनीले २०१९ को मध्यसम्ममा जिम्नीलाई नेपाली बजारमा सार्वजनिक गर्नेछ ।
पछिल्लो जेनेरेशन जिम्नीले संसारभर निकै राम्रो व्यापार गरिरहेको कम्पनीले जनाएको छ ।


