ग्राहकलाई छुटै-छुटसहित सुजुकीको सर्भिस क्याम्प

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले भोलि बुधबार साउन २४ देखि २६ गतेसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्दैछ । मनसुनको समयमा वर्षातको कारण धेरै गाडीमा समस्या आउन सक्नेभन्दै ग्राहकमैत्री क्याम्पको रुपमा सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘लगातार वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसलाई ध्यान नदिदा ठूलो आर्थिक नोक्सानी हुन सक्ने भएकाले ग्राहकलाई जानकारी दिन यो क्याम्प गर्न लागिएको हो ।’

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउने छन् । साथै, ४ जना भाग्यमानी ग्राहकले चितवन स्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज समेत जित्न सक्ने कम्पनीले जनाएको छ ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्वील एलाइनमेन्टमा मिलाउँदा ५० प्रतिशत छुट पाउने छन् । कम्पनीले लेवर चार्जमा २० प्रतिशत छुट र एशोसरिज, स्पेयर पार्टस् र इन्जिन आयलमा समेत १० प्रतिशत छुट दिने विज्ञप्तीमा उल्लेख गरेको छ ।

सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभर रहेका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।


Back_to_top