साइबर आक्रमण भएपछि सुजुकीको मोटरसाइकल उत्पादन बन्द

काठमाडौं । साइबर आक्रमणपछि सुजुकी इन्डियाले मोटरसाइकल र स्कुटरको उत्पादन बन्द गरेको छ । निरन्तर साइबर आक्रमण भएको भन्दै कम्पनीले उत्पादन नै बन्द गरेको हो ।

कम्पनीले उत्पादन बन्द गरेको मे १० देखि हो । यो अबधिमा कम्पनीले २० हजारभन्दा धेरै मोेटरसाइकल तथा स्कुटर उत्पादन नोक्सान भएको जनाएको छ ।

कम्पनी माथि भएको साइवर आक्रमणका बारेमा सरकारी पक्षलाई जानकारी गराइसकेको र यसका बारेमा अनुसन्धान भइरहेको सुजुकी इन्डियाले उल्लेख गरेको छ ।

कम्पनीमा भएको साइवर आक्रमणको बारेमा अन्य जानकारी बाहिर आएको छैन भने यसले मे महिनाभर कम्पनीको उत्पादन बन्द हुने अनुमान गरिएको छ ।

सुजुकी भारतीय बजारमा बलियो दुईपाँग्रे कम्पनीमा पर्छ । कम्पनीले भारतमा उत्पादन भएका मोटरसाइकल ग्लोवल मार्केटसमेत निर्यात गर्दै आएको छ ।


Back_to_top