बाँकी राजस्व तिरेर पुराना गाडी पत्रु गर्न सरकारले निकाल्यो सूचना

काठमाडौं । बागमती प्रदेश सरकारले पुराना सार्वजनिक यातायातमा प्रयोग भएका गाडी पत्रु गर्न ३५ दिने सूचना निकालेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले हिजो जेठ ७ गते आइतबार एक सूचना प्रकाशित गर्दै पुराना गाडी पत्रु गर्न भनेको हो ।

मन्त्रालयले प्रकाशन गरेको सूचनामा भनिएको छ । प्रदेश सवारी तथा यातायात ब्यवस्था ऐन, २०७५ को दफा १९ (४) दर्ता भएका उमेर पुरा गरेका साधनलाई पत्रु बनाउन भनिएको हो ।

प्रदेश सवारी तथा यातायात ऐनमा विद्युतीय साधनको हकमा ३० वर्ष र इन्टरनल कम्बस्चन इन्जिनको हकमा २० वर्षपछि अनिर्वाय पत्रु गर्नु पर्ने उल्लेख गरिएको छ ।

मन्त्रालयले यसरी पत्रु गर्नु पर्ने सवारीसाधनको राजश्व तिर्न बाँकी भए त्यो रकम तिरी पत्रु गर्न सम्बन्धीत सरोकारवालाको लागि सुचित गराएको छ ।


Back_to_top