किन भाँचियो यात्रीको मोटरसाइकल ?, यस्तो छ कम्पनीको भनाई

काठमाडौं । सामाजिक संजालमा यात्री मोटरसाइकलको अगाडिको भाग र पछाडिको भाग जोड्ने स्थानमा भाँचिएको तस्विर भाइरल भएको छ । तर, यो भाँचिएको मोटरसाइकल कुनै ग्राहकको नभएर कम्पनी आफैले परीक्षण गर्दाको हो ।

यस विषयमा यात्री मोटरसाइकलले सर्वसाधारण दुविधा नहोस् भनेर आफ्नो सोशल मिडिया पेज मार्फत सत्यतथ्य बाहिर ल्याएको छ । कम्पनीले नयाँ डिजाइनको सस्पेन्स सेटअपको तस्बिर राख्दै मोटरसाइकल भाँचिएको नभई परीक्षण गरिएको जनाएको छ ।

कम्पनीले यात्री पी–१ मा नयाँ पाट्स र सिस्टम परीक्षण गरिरहेको बताउँदै भनेको छ । ‘इन्जिनियरहरूले नयाँ च्यासिसको परीक्षण गरेका थिए । त्यही परीक्षणको तस्बिर बाहिर आएको हो । उक्त परीक्षण पूर्ण रुपमा सफल हुन सकेन ।’


Back_to_top