३२ भेरियन्टमा बिक्री सुरू भयो ‘सुजुकी भिक्टोरिस’ (मूल्यसूची सहित)

काठमाडौं । सम्भवतः नेपाली बजारमा एउटै मोडलको सबैभन्दा धेरै भेरियन्टको रूपमा सुजुकी भिक्टोरिस नेपाल आएको छ । सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले भिक्टोरिसको ३२ भेरियन्ट नेपाल ल्याएको हो ।

कम्पनीले इन्टोडक्टरी प्राइस भन्दै ५० लाख ९९ हजार रुपैयाँ मूल्यबाट भिक्टोरिस बिक्री सुरू गरेको छ । तर, सुरूवाती ५० ग्राहकलााई मात्रै इन्टोडक्टरी मूल्य दिने कम्पनीले जनाएको छ ।

‘हामीले सुरूमा ५० ग्राहकलाई ३ लाख रुपैयाँ छुट सहितको स्कीम दिएका हौं । इन्ट्री भेरियन्ट भिक्टोरिस एलएक्सआईको मूल्य ५३ लाख ९९ हजार नै हो । त्यसबाट ३ लाख घटाएर ५० लाख ९९ हजार भनेका हौं,’ कम्पनीका ब्राण्ड तथा मार्केटिङ हेड करुण शाक्यले मेरोअटोसँग भने ।

सुजुकी भिक्टोरिसको भीएक्सआई भेरियन्टको मूल्य ५८ लाख ९९ हजार, जेडएक्सआईको ६२ लाख ९९ हजार र जेडएक्सआई ड्युल टोनको ६३ लख २९ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, जेडएक्सआई अप्सनलको ६४ लाख ९९ हजार र जेडएक्सआई अप्सनल ड्युल टोनको मूल्य ६५ लाख २९ हजार रुपैयाँ कायम गरेर बिक्री थालेको हो ।

कम्पनीले जेडएक्सआई प्लसको मूल्य ६९ लाख ९९ हजार र जेडएक्सआई प्लस ड्युल टोनको ६८ लाख २९ हजार राखिएको छ ।

सीजी मोटोकर्पले जेडएक्सआई प्लस अप्सनलको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । जेडएक्सआई प्लस अप्सनल ड्युल टोनको मूल्य ७० लाख ९९ हजार रुपैयाँ छ ।

भिक्टोरिस भिएक्सआई अटोमेटिकको मूल्य ६६ लाख ९९ हजार, भीएक्सआई अटोमेटिक मोनो टोनको ७० लाख ९९ हजार र जेडएक्सआई अटोमेटिक ड्युल टोनको ७१ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको छ ।

सुजुकी भिक्टोरिस जेडएक्सआई अप्सनल अटोमेटिकको मूल्य ७२ लाख ९९ हजार र यसमै ड्युल टोन कलरको मूल्य ७३ लाख २९ हजार रुपैयाँ छ । जेडएक्सआई प्लस अटोमेटिकको मूल्य ८० लाख ९९ हजार राखेको कम्पनीले यसको ड्युल टोन भेरियन्टको मूल्य ८१ लाख २९ हजार तोकेको हो ।

सीजी मोटोकर्प लेजेडएक्सआई अप्सनल अटोमेटिकको मूल्य ८२ लाख ९९ हजार, ड्युल टोन भेरियन्टको ८३ लाख २९ हजार रुपैयाँ राखेको छ ।

फोर ह्वील ड्राइभ अप्सन खोज्नेले जेडएक्सआई प्लस भेरियन्ट किन्दा ८८ लाख ९९ हजार र यसकै ड्युल टोन किन्दा ८९ लाख २९ हजार रुपैयाँ तिर्नु पर्नेछ ।

भिक्टोरिस जेडएक्सआई प्लस अप्सनल भेरियन्टको मूल्य ९० लाख ९९ हजार र यसकै ड्युल टोन भेरियन्टको ९१ लाख २९ हजार कायम गरेर बिक्री थालेको छ ।

स्ट्रङ हाइब्रिड अप्सनमा सुरूवाती भेरियन्ट भीएक्सआईको मूल्य ८४ लाख ४९ हजार, जेडएक्सआई भेरियन्टको ८८ लाख ४९ हजार, जेडएक्सआई ड्युल टोनको ८८ लाख ७९ हजार, जेडएक्सआई अप्सनलको ८९ लाख ९९ हजार र अप्सनल ड्युल टोनको मूल्य ९० लाख २९ हजार कायम गरेको छ ।

भिक्टोरिस जेडएक्सआई प्लसको मूल्य ९४ लाख ९९ हजार, जेडएक्सआई प्लस ड्युल टोनको ९५ लाख २९ हजार, जेडएक्सआई प्लस अप्सनलको ९६ लाख ९९ हजार, सबैभन्दा महँगो जेडएक्सआई प्लस अप्सनल ड्युल टोनको ९७ लाख २९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तो छ भिक्टोरिस

माइल्ड हाइब्रिड र स्ट्रङ हाइब्रिड मोडलसँग फोर ह्वील ड्राइभ सिस्टमसहित भोक्टोरिस नेपाली बजारमा उपलब्ध भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सुजुकीले उत्पादन गरेको भिक्टोरिसको टप भेरियन्टमा लेभल २ एडास फिचर रहेको छ ।

भारतमा बिक्री हुँदै आएको एसयूभीमा भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले पाउन सकिन्छ ।

एसयूभीलाई टेक फिचर र सुरक्षाका लागि अब्बल बनाउन वायरलेस स्मार्टफोन कनेक्टिभिटी, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ एयरब्याग जस्ता फिचर दिइएको छ ।

सुजुकीले यसलाई दुई इन्जिन अप्सनमा ल्याएको छ । जसमा १.५ लिटर पेट्रोल र १.५ लिटर हाइब्रिड पेट्रोल इन्जिन उपलब्ध छ ।


Back_to_top