मारुती सुजुकीले इन्डोनेशियामा आयोजित अटो–शो २०१८ मा स्वीफ्टको हाइब्रिड भर्सन सार्वजनिक गरेको छ ।
कम्पनीले २०१७ को जुलाईबाट विभिन्न अटो–शोहरूमा स्वीफ्ट मोडललाई हाइब्रिड भर्सनमा सार्वजनिक गर्दैआएको छ ।
मारुती सुजुकीले २०१८ को दिल्ली अटो एक्स्पोमा समेत स्वीफ्टको हाइब्रिड मोडल सार्वजनिक गरेको थियो । कम्पनीले हाइब्रिड मोडलमा स्वीफ्टलाई शोकेस गर्दैआएको भए पनि यसको व्यावसायिक उत्पादन भने अझै केही वर्ष लाग्ने कम्पनीले जनाएको छ ।
लुक्सको हिसाबले हाइब्रिड स्वीफ्ट र रेगूलर स्वीफ्टमा खासै फरक छैन । हाइब्रिड मोडलमा कारको फ्रन्ट ग्रीलमा भने केही परिवर्तन गरिएको छ । जसले कारको लुक्सलाई आकर्षक बनाएको छ ।
कारको इन्टेरियरमा कस्मेटिक परिवर्तन गरिएको छ । गियरको लेभलमा ब्ल्यू कलरको फिनिसिङ्ग दिइएको छ भने, इन्स्ट्रुमेन्ट क्लस्टरमा मल्टी इन्फर्मेसन डिस्प्ले लगाइएको छ । ब्रेकिङ सिस्टमलाई आकर्षक बनाउनका लागि यसमा डबल सेन्सर ब्रेक दिइएको छ । स्वीफ्ट हाइब्रिडमा १.२ लिटर के–१२ सी सिरिज पेट्रोल इञ्जिनकासाथै इलेक्ट्रीक मोटर लगाइएको छ । उक्त इञ्जिनले ९१ पीएस पावरकासाथै ११८ एनएम टर्क उत्पादन गर्छ । पाँच स्पीड अटोमेटिक र म्यानूअल गियरबक्समा ल्याइएको छ ।
स्वीफ्ट हाइब्रिडमा इलेक्ट्रीक मोटरको पावरले १३.६ पीएस तथा ३० एनएमटर्क उत्पादन गर्छ । यसमा १०० वाटको लिथियम आयन ब्याट्रीबाट पावर उत्पादन हुने गर्छ । जापानमा स्वीफ्ट हाइब्रिडले ३२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

