काठमाडौं । बहुप्रतिक्षित मारुति सुजुकीको उत्पादन ‘थर्ड जेनरेसन स्विफ्ट’ नेपाली बजारमा आजबाट बिक्री सुरु भएको छ ।
सानेपा स्थित सीजी मोटोकर्पको शोरुममा सिजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र लोकप्रिय राष्टिय क्रिकेट खेलाडी शक्ति गौचनले संयूक्तरुपमा यसको अनभिल गरेका थिए ।
पछिल्लो एक दशकमा विश्वभरी करिब ६० लाख बिक्री भएको मारुति सुजुकी स्विफ्टको थर्ड जेनरेसन नेपाली बजारमा जेडएक्सआई र भिएक्सआई भेरियन्टमा उपलब्ध छ ।
अन्य फिचर र स्पेशिफिकेसनको लागि यहाँ क्लिक गर्नुस्
यसको सुरुवाति मूल्य क्रमश २८ लाख ९९ हजार र ३१ लाख ९९ हजार रुपैयाँ रहेको मारुति सुजुकीको नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले जनाएको छ ।
सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको यो कार १२ बर्षको समयमा ६ हजार बिक्री भएको कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुस् : सुजुकी स्विफ्ट बन्यो स्पोर्ट कार, यस्ता छन् विशेषता
इन्जिन
स्विफ्ट थर्ड जेनरेशनमा आई पुग्दा यसको च्यासीस र डिजाईनमा समेत धेरै परिमार्जन गरिएको छ । १२०० सीसी केसीरीज भीभीटी पेट्रोल इन्जिन दिइएको यो कारले ६००० आरपीएममा ८२ बीएचपी पावर तथा ४२०० आरपीएममा ११३ एनएमको टर्क उत्पादन गर्छ ।
आउटलुक
कारको अघिल्लो भागमा अलब्ल्याक ग्रिल र नयाँ सेपको हेडलाईट दिइएको छ, जसमा यलईडी डेटाइम रनिङ्ग लाईट तथा प्रोजेक्टर हेडल्याम्प जडान गरिएको छ । पछाडि रहेको सिसेप एलईडी टेललाईट र बम्परमा नयाँ सेप दिइएको छ ।डबलटोन डायमण्ड कट एलोय ह्विल, पिलर डोरह्यान्डल र फ्लोटीङ्ग रुफले कारलाई अझ स्पोर्टी देखाएको छ ।
इन्टेरिएर
यसमा एप्पल कार प्ले तथा एनड्रोइड अटो दुबै सपोर्ट गर्ने टर्चस्क्रीन इन्फोटेन्डमेन्ट सिस्टम दिइएको छ । नयाँ डिजाइनको डियुलटोन कलरमा ड्यास बोर्ड र स्टेरिङ्ग ह्वील सज्जाइएको छ । ग्लसी तथा म्याट मेटीरीयलको कम्बीनेसनले कारको भित्री डीजाईनलाई उत्कृष्ट लुक्स दिएको छ ।
यसमा २६८ लिटरको बुट स्पेस रहेको छ, जुन पुरानो जेनेशनको स्विफ्ट भन्दा ५८ लिटर बढी स्पेश हो ।
कस्तो छ च्यासीस
थर्ड जेनरेसन सिग्नेचर डिजाइन रहेको यो कारको लागि नयाँ ‘हार्टटेक’ च्यासीस प्ल्याटफर्ममा बनाइएको छ । जसको निर्माणमा हाइटेन्सिल स्टील प्रयोग भएको हुन्छ । यो निकै लाईट वेट तर बलियो प्रकारको हुन्छ, जसले कारलाई हलुका तथा थप बलियो क्र्यास सेफ्टी बनाउने काम गर्छ ।
यसको प्रयोगले चलाउन आरामायी, छिट्टै रोकिने र मोडहरुमा अझ सजिलो हुने छ भने, फ्युलको खपतसमेत कम गर्छ ।
सेफ्टी फिचर
सुरक्षालाई विशेष ध्यान दिएर निर्माण गरिएको यस कारको नेपाल आउने दुबै भेरिएन्टमा डियुल एयर ब्याग दिइएको छ । साथै अगाडिको बम्परमा विशेष प्रकारको मेटिरियल्स् तथा डिजाइनको प्रयोगबाट पैदलयात्रीको सुरक्षालाई समेत ध्यान दिइएको छ । एबिएस, इबिडीलगायतका सुरक्षा उपकरण जडान भएका छन् ।

