काठमाडौं । स्वदेशी तथा विदेशी पर्यटकको आगागमनमा सहज बनाउने उद्देश्यले अमृत क्याम्पसदेखि सञ्चयकोषसम्म बाटो विस्तार गरिएको छ ।
मध्य बर्षामा काठमाडौं महानगरपालिका २६ को ठमेलमा एक करोड १० लाख रुपैयाँको लागतमा बाटो विस्तार, कालोपत्रे र ढल हाल्ने काम गरिएको हो । उक्त बाटो झण्डै ५०० मिटर लामो छ ।
कामनपा– २६ का अध्यक्ष ख्यामराज तिवारीले एक महिनाभित्र निर्माण गर्ने गरी काम भइरहेको जानकारी दिए ।
‘स्वदेशी तथा विदेशी पर्यटकको आगागमनमा सडक साँघुरो भएको जनगुनासो आएपछि उक्त क्षेत्रमा बाटो विस्तार गरेका हौं’ उनले भने ।
यसैगरी कुमारी टोल कपुरधारामा सडक डिभिजन कार्यालयको एक करोड लागतमा बाटो कालोपत्रे, गल्कोपाखादेखि सगरमाथा चोकसम्म देवु मार्गमा २० लाखको लागतमा भत्केको बाटो पुनःनिर्माण भइरहेको अध्यक्ष तिवारीले जानकारी दिए ।

