आरक्षण सिटमा बस्न नपाए यो मोवाइलमा फोन गर्नुस्

काठमाडौं । यातायात व्यवस्था विभागले अपांग, महिला र जेष्ठ नागरिकको सिटमा अन्य यात्रु बसे खबरगर्न सुचना प्रकाशन गरेको छ । 

विभागले यसरी अटेरगरी संम्बन्धीत समुदायको हकलाई संकुचनगर्ने कार्य कोहीबाट भए विभागको मोवाइल नम्बर ९८५१२७३२२२ मा फोन गर्न वा एसएमएस गर्न भनेको छ । 

सार्वजनिक यातायातमा छुट्याइएका आरक्षित सिट तोके बमोजिम उपलब्ध नभए कानुन बमोजिम कारबाही गर्ने विभागले जनाएको हो ।

विभागले आरक्षित सिटको विषयमा पटक पटक गुनासो आएपछि विभागको मातहतमा रहेको यातायात व्यवस्था कार्यलय र ट्राफिक प्रहरीले अनुगमन  गर्दा सम्बन्धित सिटमा अन्य यात्रु फेला परे कारबाही गर्ने जनाएको छ । 

सार्वजनिक यातायातमा छुट्याइएको आरक्षण सिटको सदुप्रयोगको लागि यस्तो निर्णय गरिएको विभागले जारी गरेको सुचनामा उल्लेख छ । 


Back_to_top