पुरानो दुईपाँग्रेसँग टियागो ईभी साट्न पाइने, डाउन पेमेन्ट ४.९९ लाख मात्र

काठमाडौं । अब कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग टाटा टियागो ईभी साट्न पाइने भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ल्याएको विशेष ‘स्विच टु टियागो ईभी’ क्याम्पेनमा यो सुविधा पाइने भएको हो ।

सिप्रदीले नेपालमा बढ्दो ईभी क्रेजलाई मध्येनजर गर्दै ‘स्विच टु टियागो ईभी’ योजना ल्याएको हो । कम्पनीका अनुसार वैशाख ४ गतेदेखि ७ गतेसम्म संचालन हुने यो एक्सचेन्ज क्याम्पमा ग्राहकले आफूसँग भएको पुरानो दुईपाँग्रेसँग नयाँ टियागो ईभी साटेर घर लैजान सक्नेछन् ।

त्यस्तै, यस अफरमा ग्राहकहरूले केबल ४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा टियागो ईभी खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले दुईपाँग्रे सवारीको उत्कृष्ट मूल्याकंन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज, र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा पाउने छन् ।

त्यसैगरी, ग्राहकले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत पाउने कम्पनीले जनाएको छ । साथै, एकजना भाग्यशाली ग्राहकले आइफोन १७ प्रो म्यास जित्ने अवसर पाउने छन् ।

यो क्याम्पेन टाटाका देशभरका आधिकारिक शोरुमहरूमा संचालन हुने कम्पनीले जनाएको छ ।

यस्तो छ टियागो ईभी

टाटाको फ्यामली ह्याचब्याक टियागो ईभीको लम्बाइ ३७६९ एमएम, चौडाइ १६७७ एमएम र उचाइ १५२६ एमएम छ । यसमा २४०० लामो ह्वीलबेस छ ।

टियागो ईभीमा ४८ किलोवाटको मोटर रहेको छ । यसमा २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । जसले एकपटकको फुलचार्जमा ३१५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

टियागो डीसी फास्ट चार्जर सपर्टो गर्ने कार हो । यसलाई डीसी चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । टियागोले ५.७ सेकेण्डमै ६० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ । यसमा सिटी र स्पोर्टस गरी दुई ड्राइभ मोड पाउन सकिन्छ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड छ ।

टाटाले यो ह्याचब्याकमा ४५ थरी फिचर रहेको जी-कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर यसमा पाउन सकिन्छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।

टाटाले टियागो ईभीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ ।


Back_to_top