गाडी नचलाउनेको रुट परमिट तत्काल खारेज

काठमाडौं । भोलिबाट सार्वजनिक यातायातका सबै सेवा बन्द गर्ने धम्की सहित आन्दोलनमा रहेका यातायात ब्यवसायीलाई सरकारले कडा चेतावनी दिएको छ । 

यातायात ब्यवस्था विभागले भोलि सेवा नदिने बसको तत्काल रुट परमिट खारेजगर्ने चेतावनी दएिको छ । 

त्यसको लागि संचालनमा नआउने सवारी साधनको तथ्यांक गृह प्रशासनले संकलन गर्ने छ भने विभागले पनि बिभिन्न टोली खटाउने जनाएको छ । 

आन्दोलनको नाममा सार्वजनिक सवारी रोक्नु अपराध भएको भन्दै गृह प्रशासनले पनि त्यही अनरुप कारवाही गर्ने बताएको छ । सरकारले हालै मात्र अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने गरी राजपत्रमा सूचनासमेत निकालेको छ ।

अहिले नै ४२ भन्दा बढी यातायात कम्पनीले बन्दका समयमा पनि सेवा दिने बताइसकेका छन् । उपत्याकाभित्र मयुर, साझा लगायत कम्पनीका सवारी चल्नेछन् ।


Back_to_top