काठमाडौं । यातायात व्यवस्था विभागसँगको सम्झौता विपरित यातायात संचालनमा नल्याएको भन्दै रुट परमिट खारेज गरिएका २६ माइक्रोबस पुनः संचालनमा आएका छन् ।
यातायात व्यवसायीले विभागसँगको सम्झौता विपरित यातायात संचालन नल्याएपछि गत वैशाख २१ गते उनीहरुको रुट परिमिट खारेज गरिएको थियो ।
वैशाख २१ गते रुट परमिट खारेज गरिएका एस ५ रुट अर्थात नयाँबसपार्क– एनएसी सडकमा संचालन हुने २६ माइक्रोबसको संचालन इजाजत वैशाख ३१ बाटै दिइएको थियो ।
विभागका कर्मचारीका अनुसार यातायात व्यवस्था विभाग र सो रुटमा संचालन हुने माइक्रोबस बीच सर्वसाधरणलाई समस्यापर्ने गरि यातायात सेवा अवरुद्ध नगर्ने सहमति पछि उनिहरुको रुटपरमिट पुन दिइएको हो ।
विभागको सहमति लत्याउँदै सिन्डिकेटलाई समर्थन गर्ने गरि यातायात सेवा संचालनमा नल्याएपछि सबैभन्दा पहिला सो सडकमा संचालन हुने गाडिको रुट परमिट खारेज गरिएको थियो ।
विभागका सवारी शाखाका नायब सुब्बा केशव राज जमरकट्टेलले पक्राउ परेका ३ तथा रुटपरिमिट खारेजी गरिएका २६ माइक्रोले पुरानै ढङ्गबाट यातायात सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विभागसँग यस्तो प्रतिबद्धता व्यक्त गरेपछि उनीलाई पुन संचालन अनुमति दिएको उनले बताए ।
‘एस ५ रुटमा यातायात सेवा पुर्याउँदै आएका माइक्रो र विभागबीच सम्झौंता भएको थियो । तर, विभागको निर्देशन विपरित, सम्झौतालाई लत्याउँदै माइक्रो नचलाएपछि रुट परमिट खारेज गरिएको हो ।’ मेरोअटो डटकमसँग कुरा गर्दै जमरकट्टेलले भने ।
‘सम्झौता अनुसार नै संचालन गर्ने भनेपछि कारबाहीमा परेका तीन माइक्रोसहित २६ वटालाई ३१ गते नै रुट परमिट फुकुवा गरिएको हो । हाल, सबै माइक्रोबस संचालनमा आइसकेका छन् ।’ उनले भने ।