काठमाडौं । टाटा मोटर्सले सन् २०१९ मै अल्ट्रोज ईभी देखाएपनि यसको उत्पादन कसरी हुँदैछ भन्ने विषयमा केही जानकारी दिएको थिएन । अब भने कम्पनीले अल्ट्रोज ईभी आउने घोषणा गरेको हो ।
सुरुमा नेक्सन ईभीपछि तुरुन्तै बजारमा आउने बताइएको अल्ट्रोज ईभीमा ब्याट्री प्याकेजिङको समस्या आएपछि रोकिएको थियो । अब भने कम्पनीले सन् २०२५ अल्ट्रोज र सिरिया ईभी बजारमा ल्याउने घोषणा गरेको हो ।
टाटाले सन् २०२४ को सुरुवात मै पन्च ईभी बजारमा ल्याएको छ । अब कर्भ र ह्यारीयर ईभी बजारमा ल्याउने छ ।
टाटाले अन्ट्रोज ईभीलाई पनि पन्च ईभी बनाएको ‘सेकेन्ड जेनेरेशन प्लेटफर्म ‘एक्ट ईभी’मा ल्याउने छ । अल्ट्रोज र पन्च एउटै प्लेटफर्ममा बन्ने भएकोले समान ब्याट्री र मोटर रहन सक्ने अनुमान गरिएको छ ।
पन्चमा जस्तै यसमा पनि २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ । आइसीइको जस्तै पन्च ईभी र अल्ट्रोज ईभीमा मूल्य पनि केहि समान रहने छ । तर, यी दुबैको लक्षीत ग्राहक भने फरक हुने देखिन्छ ।

